फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली रासायनिक हतियार ढुवानीको संरक्षण गर्ने कार्यमा चिनियाँ सैनिक जहाज प्रस्थान

(GMT+08:00) 2014-01-02 18:21:32

        चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै सिरियाली रासयानक हतियार ढुवानी संरक्षणमा भाग लिएको चिनियाँ सैनिक जहाज प्रस्थान गरिसकेको बताउनुभयो। "यान छङ्ग" संरक्षक जहाज सन् 2013 डिसेम्बर 31 तारिख भूमध्य सागरतिर प्रस्थान गरेको थियो।

        आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता छिनले उक्त कार्यबारे जानकारी दिँदै चिनियाँ सैनिक जहाजले तोकेको उद्देश्य सफल रुपमा पूरा गर्ने बताउनुभयो। इजिप्ट, साइप्रस र सिरिया आदि मुलुकसँग नियमित सम्पर्क गरी सैनिक जहाजलाई बन्दरगाहमा आपूर्ति लगायतका सुविधा उपलब्ध गराइएको चीनको परराष्ट्र मन्त्रालयले बताएको छ।

          चिनियाँ सैनिक जहाजले तीब्र रुपमा आफ्नो कार्य गरेकोमा इजिप्ट सरकारद्वारा चीनको प्रशंसा गरिएको प्रवक्ता छिनले बताउनुभयो। सिरियाली रासायनिक हतियार नष्ट कार्यक्रम र त्यस सम्बन्धी संरक्षक कार्य नै बहुपक्षीय सहयोग कार्य हो। अन्तर्राष्ट्रिय समाजले उक्त कार्यलाई व्यापक समर्थन दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह