फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग स्थिर र भर पर्दो सम्बन्ध कायम राख्ने अमेरिकी प्रयास

(GMT+08:00) 2014-01-03 15:21:40

       जनवरी एक तारिख चीन-अमेरिका दौत्य सम्बन्ध स्थापित भएको 35 औँ वार्षिकोत्सव हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मरी हार्फले चीनसँग स्थिर, भरपर्दो तथा दिगो सम्बन्ध कायम राख्दै जाने आशा अमेरिकाले लिएको बताउनुभयो। एक शान्तिपूर्ण तथा समृद्ध चीनको उत्थानको स्वागत गर्दै अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा चीनले रचनात्मक भूमिका निर्वाह गर्दै जाने इच्छा पनि प्रकट गरेको छ।

       साझा हितको आधारमा दुई देशले अझ व्यापक सम्पर्क तथा सहयोग गर्दै जाने छन्। अमेरिकाले कूटनीति, आर्थिक तथा सैन्य क्षेत्रमा चीनसँग स्थिर, भरपर्दो तथा दिगो विकास गर्दै जाने कुरा पनि जनाइएको छ।

       दुई देश बीच केही मतभेद विद्यमान भएपनि दुवै पक्षले महत्वपूर्ण विषयमा सहयोग गर्दै आएका छन्। प्रवक्ता हार्फले दुई देश बीचको सम्बन्धमा मतभेद रहे पनि दुवै पक्षले खुलस्त रुपमा अभिरुचि भएका विषयबारे रचनात्मक सहयोग गर्न सकेका उदाहरणबाट सम्बन्ध सुदृढ हुने बताउनुभयो।

        चीन-अमेरिका दौत्य सम्बन्ध सन् 1979 को जनवरी एकमा स्थापित गरिएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह