फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले छिमेकी मुलुकसँग सहयोग र वार्तामार्फत समाधान खोज्नुपर्ने अमेरिकाको भनाइ

(GMT+08:00) 2014-01-03 11:23:40
      सन् 2014 को पहिलो दिन जापानी आन्तरिक मामिला मन्त्री योशिताका शिन्डोले यासुकुनी देवलको पूजा गरेका थिए। हिजो 2 तारिख अमेरिकी राज्य परिषदद्वारा आयोजित नयाँ वर्षको पहिलो पत्रकार सम्मेलनमा जापानले छिमेकी मुलुकसँग सहयोग र वार्तामार्फत इतिहासको समाधान गर्नुपर्ने बताइएको छ।

     अमेरिकी राज्य परिषदका प्रवक्ता म्यारी हार्फले क्षेत्रीय मुलुकबीचको सकारात्मक सम्बन्धलाई स्थापना गर्न क्षेत्रीय शान्ति र स्थिरताका लागि अमेरिकाले जोड दिएको बताउनुभयो।

     जापानका प्रधानमन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजाको कार्यलाई अमेरिकाले निराशलाग्दो भनेर टिप्पणी गरेको थियो। तर आन्तरिक मामिला मन्त्री शिन्डोले यासुकुनी देवलमा पूजा गरेपछि अमेरिकाले कुनै टिप्पणी प्रस्तुत गरेको छैन।

       जापानी आन्तरिक मामिला मन्त्री शिन्डोद्बारा यासुकुनी देवलको पूजा गरेको कार्यको चीनले भत्सर्ना गरेको छ। दक्षिण कोरियाले पनि शिन्डोको सो कार्यको कडा निन्दा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह