फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका दश क्षेत्रमा खनिज अन्वेषण निषेध

(GMT+08:00) 2014-01-03 18:24:21

     चीनको तिब्बत स्वायत्त प्रदेशीय वातावरण संरक्षण विभागबाट प्राप्त समाचारअनुसार, प्राकृतिक संरक्षण क्षेत्रलगायत दश किसिमका क्षेत्रमा खनिज विकास योजना निषेध गरिएको छ।

     हालै सार्वजनिक भएको तिब्बत स्वायत्त प्रदेशीय पर्यावरण संरक्षण अनुगमन तथा व्यवस्थापन नियममा ती दश क्षेत्रहरु तोकिएका छन्। निषेध गरिएका क्षेत्रहरुमा प्राकृतिक संरक्षण क्षेत्र, वनस्पति पार्क, भौगोलिक पार्क, सिमसार पार्क, दर्शनीय स्थान, खानेपानी स्रोत संरक्षण क्षेत्र, पहिरो हुने जोखिम क्षेत्र, लेदो तथा ढुङ्गा प्रवाह हुने क्षेत्र, विश्व सांस्कृतिक सम्पदा, राष्ट्रिय प्रथम स्तरीय सार्वजनिक कल्याणकारी वन क्षेत्र रहेका छन्।

     तिब्बत स्वायत्त प्रदेशीय वातावरण संरक्षण विभागका अनुसार, तिब्बतले समाप्त भइसकेको उच्च ऊर्जा खपत, उच्च प्रदूषण, उच्च निश्काषण योजना नभित्र्याउने, खनिज स्रोतको विकास गरी ठूलो क्षेत्रफलसम्मको भूमिलाई नबिगार्ने, ताल, नदी, भूमिगत जलश्रोतलाई प्रदूषण नपार्ने र मानिसको कारणले भौगोलिक प्रकोप हुन नदिने नीति लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह