फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय पोषण योजनाबाट दुई करोड चौबीस लाख विद्यार्थी लाभान्वित

(GMT+08:00) 2014-01-03 15:24:55

        चीनको शिक्षामन्त्रालयबाट प्राप्त समाचारअनुसार, सन् 2011 शरद ऋतुदेखि सन् 2013 को अक्टोबर अन्तसम्ममा चीनका बाइस वटा प्रान्तका छ सय उनान्सय वटा जिल्लाका लगभग एक लाख स्कूलमा ग्रामीण अनिवार्य शिक्षा लिएका विद्यार्थीको पोषण सुधार योजना पुगेको छ। यो योजनाबाट दुई करोड चौबीस लाख विद्यार्थीलाई फाइदा पुगेको छ।

       सन् 2013 को डिसेम्बरसम्म केन्द्रीय वित्तले पोषण भत्ता, गरिबी विद्यार्थीको जीवन भत्ताका लागि वाउन्न अर्ब युआन लगानी गरेको छ। ग्रामीण स्कूलको पोषण अवस्था सुधार गर्नका लागि केन्द्रीय वित्तले अरु तीस अर्ब युआनको विशेष रकम छुट्याएर ग्रामीण स्कूलहरुमा भोजनालयको निर्माण गरेको छ।

      शिक्षा मन्त्रालय, वित्त मन्त्रालय, राष्ट्रिय खाद्य तथा औ‌षधि अनुगमन तथा व्यवस्थापन ब्यूरोलगायत विभागले खाद्य सुरक्षण संरक्षण प्रणाली, विशेष रकम व्यवस्थापन प्रणाली, सूचना अधिकार प्रणाली आदि तोकेर योजनाका विभिन्न विषयमाथि नीति निर्माण गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह