फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतङ्कवाद विरोधमा अमेरिकालाई "दोहोरो भूमिका" परित्याग गर्न चीनद्वारा ताकिता

(GMT+08:00) 2014-01-03 09:25:40
         चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हिजो दुई तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले अमेरिकालाई आतङ्कवादी विरोध समस्यामा "दोहोरो भूमिका" परित्याग गर्न जोड गरेको बताउनुभएको छ। अमेरिकाले भन्ने र चाल्ने कुरा फरक भएकोले यस्ता कार्यलाई तुरुन्तै रोक्नुपर्ने पनि उहाँले बताउनुभएको छ। अमेरिकाले गलत सूचना सम्प्रेषण गरेर हिंसात्मक र आतंकवादी शक्तिलाई झनै बल दिएको छ। अमेरिकाले व्यावहारिक कार्यक्रम सचालन गरेर अन्तर्राष्ट्रिय समाजको प्रतिआतङ्कवादी सहयोगलाई संरक्षण गर्नुपर्ने उहाँले औँल्याउनुभयो।

         अमेरिकी परराष्ट्र मन्त्रालयका उप-प्रवक्ताले हालै एक पत्रकार सम्मेलनमा सिन च्याङ्ग शा छ हिंसात्मक आतङ्कवादी घटनासम्बन्धमा अमेरिकाले चीनलाई जनता असन्तोष रहेको स्वीकार्न आह्वान गरेको बताएको थियो।

        प्रवक्ता छिनले उक्त कुराको जवाफ फर्काउँदै त्यो एउटा हिंसात्मक आतङ्कवादी घटना भएको र आतङ्कवाद अपराध भएको बताउनुभयो। साथै आतङ्कवाद समाज र मानव विरोधी अन्तर्राष्ट्रिय साझा शत्रु भएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह