फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुपन्देही गहुँको विउ उत्पादनमा अगाडि

(GMT+08:00) 2014-01-03 18:28:52
        गहुँको विउ उत्पादनमा रुपन्देही अग्रस्थानमा देखिएको छ। नेपालका अधिकांश जिल्लामा गहुँको बिउको हाहाकार भइरहेका बेला रुपन्देहीका किसानले भने गहुँको बिउ अन्य जिल्लामा निर्यात गर्ने गरेका छन्। रुपन्देहीमा उत्पादित गहुँको बिउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनहुँ लगायतका जिल्लामा निर्यात हुने गरेको छ। जिल्लामा विजय, भृकुटी, गौतम, एनएल, 2 सय 97 लगायतका गहुँको बिउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिनुभयो।

       रुपन्देहीमा रहेको राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमले गर्दा रुपन्देही उन्नत जातको गहुँको बिउ उत्पादन गर्न सफल भएको अधिकारीले जानकारी दिनुभयो। उहाँले यस बर्ष कृषि बिकास मन्त्रालयले 12 सय 50 मेट्रिक टन उन्नत जातको गहुँको बिउमा 35 प्रतिशत अनुदान दिने कार्यक्रममा रहेकोमा रुपन्देहीले 12 सय 50 मेट्रिक टन उन्नत जातको गहुँको बिउ प्राप्त गरेको बताउँदै रुपन्देहीमा आबश्यक 8 सय मेट्रिक टन बाहेक छिमेकी जिल्लामा पठाएको बताउनुभयो।

       जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका अनुसार जिल्लामा दुई वटा सहकारी र तीन वटा निजी कम्पनीले 2 हजार 9 सय मेट्रिक टन गहुँको उन्नत बिउ उत्पादन गर्ने गरेका छन्। रुपन्देहीका 40 हजार किसान गहुँ खेतीमा संलग्न छन् भने जिल्लाको 30 हजार हेक्टर क्षेत्रमा गहुँ खेती हुने गरेको अनलाइन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह