फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'चीनको पर्यटन तथा अर्थ नीलो पत्र' प्रकाशित

(GMT+08:00) 2014-01-03 11:49:32
       चीन पर्यटन अनुसन्धान केन्द्रले हालै 'चीनको पर्यटन तथा अर्थ नीलो पत्र' प्रकाशित गरेको छ। उक्त पत्र अनुसार, सन् 2013 मा विदेश भ्रमण गरेका चिनियाँहरुको संख्या 9 करोड 80 लाख पुगेको छ जुन सन् 2012 को भन्दा 18 प्रतिशतले बढी हो।

       सन् 2013 मा विदेश भ्रमण गरेका चिनियाँहरुले खर्च गरेको कूल रकम 1 खर्ब 20 अर्ब अमेरिकी डलर भएको छ। सन्2012 को तुलनामा यो रकम 20 प्रतिशतले बृद्धि भएको उक्त नीलो पत्रमा जनाइएको छ।

      सन् 2013 मा चीनको पर्यटकीय अर्थ स्थिर रुपमा चलेको पनि नीलो पत्रमा उल्लेख गरिएको छ। सन् 2013 मा चीनमा भ्रमण गरेका पर्यटकको संख्या 33 करोड पुगेको छ र चीनमा पर्यटनबाट प्राप्त आम्दानी 26 खर्ब चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह