फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले नेपालको मध्यभोटेकोसी जलविद्युत निर्माण गर्ने

(GMT+08:00) 2014-01-03 18:31:23
          नेपालको चिलिमे जलविद्युत् आयोजनाको प्रवर्द्धन गरेको 1 सय 2 मेघावाटको मध्यभोटेकोसी विद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेको छ। तीन साताअघि उत्पादन अनुमतिपत्र पाएपछि आयोजनाको मुख्य संरचना निर्माण वैशाखदेखि सुरु हुने भएको छ। यसका लागि टनेलको टेस्ट अर्डिट निर्माण र मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

          आयोजना प्रमुख प्रकाश वस्तीका अनुसार सिभिल र हाइड्रो मेकानिकलको सबै कामको जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी ग्वान्सिङ इन्टरनेसनललाई दिने अन्तिम तयारी भइरहेको छ। प्रस्ताव गरेका 10 मध्ये उक्त कम्पनीलाई दिन कागजी प्रक्रिया मिलाउँदै छौँ,' वस्तीले भन्नुभयो। टेन्डरमा सिनो हाइड्रोलगायत चिनियाँ कम्पिनीबीच नै अन्तिम प्रतिस्पर्धा भएको थियो। परीक्षण सुरुङको झन्डै 70 प्रतिशत काम पूरा भएको छ। परीक्षण सुरुङ 6 मिटर उचाइ र चौडा भएको 35 मिटर लम्बाइको हुनेछ।

             बाँध र विद्युतगृह क्षेत्रका घर, टहरा र जमिन अधिग्रहण धमाधम भइरहेको छ। बाँध क्षेत्र अन्तर्गत चाकु बजार र आसपासका 51 घरटहराको मुआब्जा वितरण सुरु गरिएको छ। आयोजनाका कारण हटाइन लागेका तीन सरकारी कार्यालय अन्यत्र निर्माण गरिनेछ। विद्युतगृह निर्माणस्थल जम्बुको निजी जमिनको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

           'मुआब्जाबापत हालसम्म करिब 13 करोड 20 लाख रुपैयाँ वितरण भइसकेको छ,' जनसम्पर्क विभाग प्रमुख हरिकृष्ण उप्रेतीले भन्नुभयो, 'स्थानीय विकासका लागि आयोजनाले प्रभावित गाविसलाई बर्सेनि 1 करोड रुपैयाँ प्रदान गर्न सहकारी ढाँचामा जाने तयारी भइरहेको छ। आयोजनाले पाँच गाविसलाई प्रभावित घोषणा गरिसकेको छ। आयोजनाको आवास कोलोनीको काम सुरु भइसकेको छ।

           2068 कात्तिकमा विद्युत प्राधिकरणसँग खरिद सम्झौता (पीपीए) गरेको आयोजना सन् 2013 मा सुरु गरेर 2016 मा पूरा गर्ने लक्ष्य राखिएको थियो। हालको तालिका अनुसार आयोजना मुख्य निर्माण सुरु गर्न अनुमान गरिएभन्दा करिब 5 महिना ढिलो हुनेछ।

          ढिलो सुरु भए पनि आयोजनाले भने 2016 मा पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। मार्मिनको चाकुमा बाँध र गातीको जम्बुमा विद्युत्गृह निर्माण गरिने आयोजनाको लागत 14 अर्ब रुपैयाँ रहेको छ।

          'प्रभावित जिल्लावासीका लागि 10 प्रतिशत सेयर निष्कासन गरिनेछ,' उप्रेतीले भन्नुभयो, 'चिलिमेको स्वामित्वमा रहेको 38 प्रतिशत संस्थापक सेयरमध्ये 3 प्रतिशत जिल्लाका सबै 79 गाविस र जिविसलाई छुट्याइएको छ। साथै यसबाहेक आयोजना निर्माणका लागि अधिग्रहण गरेको जग्गाधनीलाई 1 दशमलव 5 प्रतिशत सेयर प्रदान गर्ने निर्णय आयोजनाले गरेको छ।

3 सय 41 रोपनीमध्ये विद्युत गृह र अर्डिट मार्गको अधिकांश जमिन अधिग्रहण भइसकेको छ,' उप्रेतीले जानकारी दिनुभयो। आयोजनाको 50 प्रतिशत ऋण लगानीका लागि मध्यभोटेकोसी, चिलिमे र कर्मचारी सञ्चयकोषबीच 2068 मंसिरमा त्रिपक्षीय सम्झौता भइसककेको कान्तिपुर अनलाइनले लेखेको छ।

मध्यभोटेकोसीमा स्थानीयको सहभागितामा स्थापित सिन्धु इन्भेस्टमेन्ट कम्पनीले 6 करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। कम्पनीका अध्यक्ष नरेशलाल श्रेष्ठका अनुसार पहिलो चरणका 78 लाख रुपैयाँ प्रदान गरिसकिएको छ। कम्पनीका 50 जना सदस्य छन्। आयोजनाले स्थानीयलाई प्रदान गर्ने सेयरअन्तर्गत उक्त लगानी गर्न लागिएको हो। कम्पनीका सदस्य सबै जिल्लावासी छन्।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=311959

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह