फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आम-निर्वाचनपछि आफू प्रधानमन्त्रीमा नबस्ने भारतीय प्रधानमन्त्रीको सिंहको भनाइ

(GMT+08:00) 2014-01-03 18:42:30

        आज तीन तारिख आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधान मन्त्री मनमोहन सिंहले सन् 2014 को आम-निर्वाचनपछि आफूले प्रधान मन्त्रीको पदमा निरन्तर नबस्ने सार्वजनिक गर्नुभएको छ। बितेका तीन वर्षयता प्रधान मन्त्री सिंहले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको यो पहिलो पटक हो।

         भारतीय संचारमाध्यमले जनाए अनुसार, सिंहको नेतृत्वमा रहेको भारतीय कंग्रेस पार्टीले सन् 2014 को मेमा आयोजना हुने निर्वाचनमा बिजय भएमा आफूले अधिकारलाई नयाँ प्रधान मन्त्रीमा हस्तान्तरण गर्ने जनाउनुभएको छ।

         मनमोहन सिंहले आफू प्रधानमन्त्री भएदेखि हासिल गरेको उपलब्धिबारे जानकारी दिनुभयो। साथै उहाँले मुद्रास्फिति, भ्रष्टाचार तथा उत्पादन क्षेत्रको मन्द विकासबारे सोधिएका प्रश्नको पनि जवाफ दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह