फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका अदालत अब बिहान 9 देखि खुल्ने

(GMT+08:00) 2014-01-04 19:10:25

       नेपालको सर्वोच्च अदालतसहित मातहतका सबै पुनरावेदन र जिल्ला अदालत भोलि आइतबारदेखि बिहान 9 बजेबाटै खुला हुने भएका छन्। सर्वोच्च अदालतले मातहतका सबै अदातललाई 9 बजेदेखि खोल्न परिपत्र गरिसकेको जनाएको छ।

       सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न 9 बजेदेखि सबै न्यायालय खुला गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि कार्यालय खुला गर्दा आन्तरिक कामकारबाही चुस्त हुने, मुद्दाको छिनोफानो छिटोछरितो हुने, फैसला तयार पार्नेदेखि सबै काम सहज हुने र सेवाग्राहीलाई समेत सजिलो हुनेछ। सबै तहका अदालत अब हिउँदयाम (कात्तिक 16 देखि माघ 15 सम्म) बिहान 9 देखि 4 बजेसम्म र अरू समयमा बिहान 9 देखि बेलुका 5 सम्म खुल्नेछन्। बढी समय खटिएबापत अदालत कर्मचारीलाई सरकारले उनीहरूले सम्पादन गर्ने कामका आधारमा बढीमा 50 प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह