फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रथुममा 23 करोडको अदुवा उत्पादन

(GMT+08:00) 2014-01-04 19:12:45

        तेह्रथुम जिल्लामा यस वर्ष 23 करोड रुपैयाँभन्दा बढीको अदुवा उत्पादन भएको छ। जिल्लाको 2 सय 5 हेक्टर जग्गामा अदुवा उत्पादन भएको हो। 3 हजार 1 सय 16 मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत डा. तपेन्द्र शाहले जानकारी दिनुभयो। शाहका अनुसार यो उत्पादन हालको बजार मूल्य अनुसार 23 करोड 37 लाख बरावरको आम्दानी हो। जिल्लामा हाल अदुवा प्रति किलो 75 रुपैयाँमा किनबेच भइएको छ। अहिले सम्म जिल्लामा अदुवाले पहिलो पटक उच्च मूल्य पाएको हो।

         गत वर्ष अदुवा प्रतिकिलो 35 रुपैयाँसम्म पुगेको थियो भने अघिल्लो वर्ष मूल्य नपाउँदा बारीमै कुहिएको थियो। 2 हजार 5 सय 24 मेट्रिक टन मात्र अदुवा उत्पादन भएको थियो। हाल अदुवाको मूल्य समेत दिनानु दिन बढ्दै गइरहेको छ। एक महिना अघि प्रतिकिलो 55 देखि 60 रुपैयाँमा किनबेच भएको थियो।

          जिल्ला कृषि विकास कार्यालयका अनुसार उत्पादनको करिव 5 प्रतिशत जिल्लामै खपत हुने गरेको छ भने 95 प्रतिशत अदुवा भारततर्फ निकासी हुने गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह