फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगद्बारा "स्यो लौं" नामक जहाजलाई सहयोग गर्न निर्देशन

(GMT+08:00) 2014-01-04 19:23:01

        गत दुइ तारिख साँझ साढे सात बजे चीनको "स्ये लौं" नामक वैज्ञानिक डुङ्गाले अस्ट्रेलियाको "औंरोरा अस्ट्रेलिज" नामक वैज्ञानिक डुङ्गाको सहयोगमा दक्षिणी ध्रुवमा फसेको रुसी "एमभी अकाडेमिक शोकालस्की" जहाजका 52 यात्रुको उद्धार गरेको छ। उद्दार गरिसकेपछि "स्ये लौं" चिनियाँ डुङ्गा खराब मौसमका कारण दक्षिणी ध्रुवमा अलपत्र परेको छ।

        चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगले सोबारे महत्वपूर्ण लिखित सन्देश दिनुभएको छ। उहाँले "स्ये लौं" डुङ्गाका सबै कर्मचारीहरुलाई दक्षिणी ध्रुबमा फसेकोमा दुःख व्यक्त गर्दै "स्ये लौं" डुङ्गालाई सहायोग गर्न सम्बन्धित विभागलाई निर्देशन पनि दिनु भएको छ।

        चीनका प्रधानमन्त्री ली ख छ्याङले वैज्ञानिक जाँचबुझ स्टेशनका सबै कर्मचारीहरु सरक्षित रुपमा स्वदेश फर्कने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह