फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेशमन्त्री मध्यपूर्वमा

(GMT+08:00) 2014-01-04 19:23:30

       इजरायली प्रधानमन्त्री कार्यालयले गत दुइ तारिख एउटा वक्तव्य जारी गर्दै अमेरिकी विदेश मन्त्री जोन केरीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट-वार्ता गरेको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्री केरीले वार्ता अघि एउटा वक्तव्य प्रकाशित गर्दै प्यालेष्टायन र इजरायलले सँग-सँगै ‌ शान्ति कार्यलाई साकार पार्न सम्भव रहेको बताउनुभएको थियो।

        अमेरिकी विदेश मन्त्री केरीले आगामी तीन दिनमा मतभेदलाई हटाउनका लागि प्यालेष्टाइन र इजरायलका नेतासँग भेट-वार्ता गर्ने औँल्याउनुभएको थियो।

        इजरेलका प्रधानमन्त्री बेन्जामिनले वार्ता अघि एउटा वक्तव्य प्रकाशित गर्दै प्यालेष्टायनले शान्ति सम्झौतालाई पालन नगरेको बताउनुभएको थियो।

        प्यालेष्टायनी फताहको केन्द्रीय समितिले अमेरिकी विदेशमन्त्री केरीले प्रस्तुत गरेको शान्ति योजनालाई अस्वीकार गरेको जानकारी दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह