फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंगको समृद्धि, स्थिरता र विकासमा चीनको विशेष ध्यान

(GMT+08:00) 2014-01-04 19:23:58

        हंगकंगका लागि चीनका परराष्ट्र मन्त्रालयका विशेषदूत सौं चले सन् 2014 नव वर्षको सन्देश दिनुभएको छ। उहाँले सन् 2014 मा चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्दै सन् 2014 हंगकंगको आर्थिक विकासमा महत्वपूर्ण वर्ष प्रमाणित गर्ने बताउनुभयो। उहाँले चीनको सुधार कार्यबाट हंगकंगमा झन् बढी अवसर सिर्जना गर्ने पनि औंल्याउनुभयो।

        विशेषदूत सौंले नयाँ परिस्थितिमा चीनको परराष्ट्र नीतिले राष्ट्रिय सार्वभौमिकता, संरक्षण र विकासको हितलाई सुरक्षा गर्न, विश्वको शान्ति र विकासका लागि नयाँ योगदान दिएको बताउनुभयो।

         विशेषदूत सौंले हंगकंगका लागि चीनको परराष्ट्र मन्त्रालय कार्यालयले नयाँ वर्षमा "एक मुलुक, दुइ प्रणाली", हंगकंगबासीद्बारा हंगकंगकै प्रशासन" सम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने पनि दोहोर्‍याउनुभयो। उहाँले शुभकामना सन्देशमा हंगकंगको समृद्धि, स्थिरता र विकासका लागि चीनको परराष्ट्र मन्त्रालयको कार्यालयले झन् बढी प्रयास गरिरहेको पनि प्रष्ट पार्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह