फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले विश्व सम्पदा सूचीमा रहेका क्षेत्रको सांस्कृतिक संरक्षण गर्नुपर्न संयुक्त राष्ट्र संघीय अधिकारीको भनाइ

(GMT+08:00) 2014-01-04 19:24:28

        चीनका लागि संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठनका अधिकारी बिट्राइस काल्दुनले चीनको स्थानीय सरकारले सन्तुलित तथा प्रभावकारी रुपमा हानी टेरासलगायत विश्व सम्पदा क्षेत्रको पर्यटन अर्थतन्त्रको विकास गर्नका लागि स्थानीय परम्परागत संस्कृति र जीवन शैलीको संरक्षण गर्नुपर्ने बताउनु भएको छ।

        चीनको युननान प्रान्तीय हानी टेरास विश्व सम्पदा सूचनामा समावेश भएपछि चीनका विश्व सम्पदा सूचीमा रहेका क्षेत्रको संख्या 45 पुगेर विश्वको दोस्रो स्थानमा रहेको छ। विश्वको पहिलो स्थानमा इटली छ। इटलीका 48 स्थानहरु विश्व सम्पदा सूचीमा रहेका छन्।

        काल्दुनका अनुसार, विश्वमा सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदा, सांस्कृतिक तथा प्राकृतिक दुवै सम्पदा लगायत विभिन्न किसिमका सम्पदा रहेका मुलुक थोरै छन् र चीन तीमध्ये एक रहेको छ। चीनमा विविध सम्पदा छन्। साथै चीनको सम्पदा संरक्षण कार्य निकै कठिन पनि छ।

        काल्दुनको विचारमा चीनको सांस्कृतिक परम्परा थुप्रै छन् तर शिक्षामा ध्यान दिनुपर्छ। विशेष गरी युवालाई परम्परागत संस्कृतिको संरक्षण गर्ने विचार सिकाउनुपर्छ। यसबाहेक एउटा प्रभावकारी उपाय खोजेर स्थानीय अर्थतन्त्रको विकास गरी स्थानीय वासिन्दाको जीवन स्तरको सुधार गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह