फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्री आबेले यासुकुनी देवलको पूजा गरेकोमा छ्वी थ्यान खाइद्वारा कडा निन्दा

(GMT+08:00) 2014-01-04 19:25:00

       अमेरिकाका लागि चीनका राजदूत छ्वी थ्येन खाइले जापानी प्रधानमन्त्री शिन्जो आबेले यासुकुनी देवलको पूजा गरेकोमा कडा निन्दा व्यक्त गर्नुका साथै ऐतिहासिक पाठ नबिर्सिन अन्तर्राष्ट्रिय समूहलाई आह्वान गर्नुभयो।

       हिजो तीन तारिख दिउँसो अमेरिकास्थित चिनियाँ राजदूताबासमा चिनियाँ पत्रकारहरुसँग कुराकानी गर्दै राजदूत छ्वीले सो बिचार व्यक्त गर्नु भएको हो।

        छ्वीले जापानी प्रधानमन्त्री आबेले यासुकुनी देवलमा पूजा गर्नु उनको व्यक्तिगत कार्य नभई राजनीतिक लक्ष्य रहेको व्यक्त गर्नुभयो। पहिला जापानका लागि चीनका राजदूतको पदमा बस्नुभएका छ्वीले जापानी पूर्व-प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रीमण्डलका महासचिवको रुपमा रहेको आबेले यासुकुनी देवलको पूजा गरेपछि त्यसबाट आउने गम्भीर हानि बुझेको उल्लेख गर्नुभयो।

        राजदूत छ्वीले अन्तर्राष्ट्रिय समूहले यस्ता महत्वपूर्ण विषयमाथि स्पष्ट धारणा राख्नुपर्ने, आबेको नीतिले जापानलाई गलत दिशामा लान दिन नहुने बताउँदै चीन, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकले जनतालाई फेरि दुःख दिन नहुने कुरामा जोड दिएको स्मरण गराउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह