फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रविधि मेलामा एकै दिन एक लाख अवलोकनकर्ता

(GMT+08:00) 2014-01-05 18:38:08

        सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवर्द्धनका लागि कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) ले आयोजना गरेको सुबिसु क्यान इन्फोटेकको तेस्रो दिन हिजो शनिबार एकै दिन एक लाखभन्दा बढीले अवलोकन गरेका छन्। मेला आयोजकका अनुसार शनिबार मात्रै 1 लाख 6 हजार 1 सय 90 जनाले अवलोकन गरेका हुन्।

        हिजो शनिबार नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाओवादीका सभासद गणेशमान पुनलगायतले अवलोकन गर्नुभएको छ।

         इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क 1 सय र विद्यार्थीलाई 50 रुपैयाँ शुल्क तोकिएको छ । प्रदर्शनीलाई आज 'बिजनेस डे' का रूपमा घोषणा गरिएको थियो। आजको प्रवेश शुल्क 1 सय रुपैयाँ थियो भने आज विशेष गरी बिजनेस हाउसहरूले आफ्नो व्यापार प्रवर्द्धनका लागि विभिन्न डिलर र भेन्डरहरूसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गरेका छन्।

         इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र 39 वटा, हलबाहिर 3 वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरू, ट्रसमा 1 सय 44, ओपन स्पेस 20 र फुड स्टल 15 गरी जम्मा 2 सय 21 स्टल रहेका छन्। तिनमा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसेरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटहरू, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य गरी 1 सय 19 कम्पनीहरू सहभागी रहेका छन्।

         हिजो शनिबार बिदाको दिन परेकाले अवलोकनकर्ताको भीड अधिक रहेकाले अवलोकनकर्ताको सहभागिताकालाई मध्यनजर गर्दै मेलामा विभिन्न कम्पनीले धेरै किसिमका योजनाहरू सार्वजनिक गरेका छन्। गत 2 तारिख बिहीबार सुरु भएको क्यान इन्फोटेक पर्सि 7 तारिख मंगलबारसम्म सञ्चालन हुनेछ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह