फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सान फ्रान्सिस्को आगजनीका अपराधी पक्राउ

(GMT+08:00) 2014-01-05 18:38:36

         सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्यदूत युआन नान शङले गत जनवरी एकमा महावाणिज्यदूत कार्यालयको ढोकामा आगजनी गर्ने अपराधी पक्राउ भएको बताउनुभयो।

        सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्यदूत कार्यालका प्रवक्ता वाङ छ्वाङले अमेरिकाले महावाणिज्यदूत कार्यालयको संरक्षण गर्नका लागि थप सुरक्षा दिएको औँल्याउनुभयो। अमेरिकी राज्य परिषदका प्रवक्ता म्यारी हार्फले तीन तारिखमा आयोजित पत्रकार सम्मेलनमा सान फ्रान्सिस्कोका प्रहरीले चिनियाँ महावाणिज्यदूतलाई 24 घण्टाको सुरक्षा दिएको जानकारी दिनुभएको थियो।

         सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्यदूत कार्यालयमा आगजनी गरेपछि सान फ्रान्सिस्कोका स्थानीय चिनियाँ मूलका तीनवटा संगठनले सो घटनाको कडा निन्दा गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह