फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिंसात्मक भिडन्तबीच बंगलादेशमा आज संसदीय निर्वाचन

(GMT+08:00) 2014-01-05 18:39:04

       बंगलादेशका संचार माध्यमका अनुसार, आज बंगलादेशमा भएको आम निर्वाचनमा हिंसा भड्केको छ। निर्वाचनका क्रममा विपक्षी पार्टीका कार्यकर्ता र सरकारी सुरक्षाकर्मीबीचको हिंसामा परी एकजना सरकारी अधिकारी र चार जना विपक्षी पार्टी कार्यकर्ताको मृत्यु भएको छ। भिडन्तमा दर्जन प्रहरी घाइते भएका छन्।

        वंगलादेशमा आज सम्पन्न निर्वाचनमा चार जना विदेशी पर्यवेक्षक र तेह्र हजार बंगालदेशी पर्यवेक्षकले अनुगमन गरेका छन्। अघिल्लो पटक सन् 2008 मा भएको नवौँ संसदीय निर्वाचनमा पाँच सय पचासी विदेशी पर्यवेक्षक र एक लाख साठी हजार बंगालदेशी पर्यवेक्षकले निर्वाचनको अनुगमन गरेका थिए। यसपटकको निर्वाचनमा युरोपियन युनियन लगायतका अन्तर्राष्ट्रिय संघसङ्गठनले अनुगमन गर्न अस्वीकार गरेका छन्।

        आज बिहान आठ बजे शुरु भएको निर्वाचनमा विपक्षी पार्टीले चुनाव बहिस्कार गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह