फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्ने अमेरिकी रक्षामन्त्रीको भनाइ

(GMT+08:00) 2014-01-05 18:39:35

        अमेरिकी रक्षामन्त्री चुक हागेलले हिजो चार तारिख जापानी रक्षामन्त्री इचुनोरी ओनोडेरालाई टेलिफोन गरी जापानले छिमेकी मुलुकबीचको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ। जापानी प्रधानमन्त्री शिन्जो आबेले यासुकुनी देवलको पूजा गरेपछि जापानको विरुद्धमा छिमेकी मुलुकहरुले तीब्र आलोचना गर्न थालेपछि अमेरिक रक्षामन्त्रीले जापानी समकक्षीसँग त्यस्तो विचार राख्नुभएको हो।

        पेन्टागनका अनुसार, वाशिन्टन समयअनुसार चार तारिख विहान हागेलले इचुनोरीलाई टेलिफोन गर्नुभएको हो। जापानी सञ्चारमाध्यमका अनुसार, शिन्जो आबेले गत डिसेम्बर छबीस तारिख यासुकुनी देवलको पूजा गरेपछि तीब्र असन्तोष व्यक्त भएको र हागेलले इचुसुनोरीसँग टेलिफोन वार्ता गर्न अस्वीकार गर्नुभएको थियो।

        पेन्टागोनले जानकारी दिएअनुसार, टेलिफोन वार्तामा जापानले उचित कदम चालेर छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्ने र सहयोग बढाउँदै क्षेत्रीय शान्ति र स्थिरतालाई व्यवहारमा उत्तार्न हागेलले जोड दिनुभएको छ।

         यसका साथै टेलिफोनमा हागेल र इचुनोरीले अमेरिका-जापान बीचका थुप्रै रक्षात्मक सहयोगी योजनाबारे बैचारिक आदान-प्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह