फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिकागोमा बसोबास गर्ने चिनियाँ प्रबासीद्वारा शिन्जो आबेको भत्सर्ना

(GMT+08:00) 2014-01-05 18:40:04

        सिकागोका तीसभन्दा बढी समूहका प्रतिनिधिले हिजो चार तारिख सिकागो चाइना टाउनमा भेला भएर जापानी प्रधानमन्त्री शिन्जो आबेले यासुकुनी देवलको पूजा गरेकोप्रति कडा निन्दा र विरोध गरेका छन्। उनीहरुले एकताबद्ध भएर जापानी सैन्यवादलाई पुनःरुत्थान हुन नदिन विश्वका चिनियाँ प्रबासी र शान्तिप्रेमी नागरिकलाई आह्वान पनि गरेका छन्।

        सिकागोमा बसोबास गर्ने चिनियाँ प्रबासी संघका अध्यक्ष हु स्याउ च्युनले शिन्जो आबेले ऐतिहासिक प्रवाह विरुद्ध गतिबिधिमा सिकागोमा बसोबास गर्ने चिनियाँ प्रबासीले कडा निन्दा व्यक्त गरेको बताउनुभयो।

        संघका निर्देशक लिउ हुङले शिन्जो आबेले एकातिर यासुकुनी देवलको पूजा गरेको र अर्कातिर चीनसँगको सम्बन्धको सुधार गर्ने बताएर छल गरेको बताउनुभयो।

         संघले गरेको निर्णयअनुसार, आगामी दश तारिख मध्यान्ह सिकागोमा बसोबास गर्ने चिनियाँ प्रबासीहरुले जापानी महा वाणिज्यदूताबास अगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह