फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी काराचीमा भएको हत्या शृङ्खलामा आठजनाको मृत्यु

(GMT+08:00) 2014-01-05 18:40:45

      पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, पाकिस्तानी दक्षिणी बन्दरगाह शहर कराचीमा हिजो चार तारिख भएको विभिन्न हत्या शृङ्खलामा कम्तिमा आठ जना मारिएका छन्।

       प्राप्त समाचारअनुसार, हिजो सबैभन्दा पहिले दुई जना सुन्नी इस्लाम विद्यार्थीलाई गोली हानी मारिएको थियो। सो घटनाको बिरोध गर्दै स्थानीयहरुले हत्यारालाई कारवाही गर्न सरकारसँग माग गरेका थिए।

        त्यसपछि हिजै स्थानीय एक बजारमा अरु दुई जनालाई पनि गोली हानेर मारिएको छ। प्रहरीका अनुसार, मृतक राजनीतिक दलका सदस्य थिए।

        सो बाहेक एकजना प्रहरीलाई पनि गोली हानेर मारिएको छ भने अरु तीन व्यक्तिलाई गाडीमा मारिएका थियो।

        हत्याको शृङ्खलाले काराचीको वातावरण आतङ्कित बनेको छ। स्थानीय शिक्षा तथा वाणिज्य कार्यालय बन्द भएको छ भने सुरक्षा व्यवस्था सुदृढ बनाएर जिउधनको रक्षा गर्न स्थानीयहरुले प्रहरीसमक्ष आग्रह गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह