फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा दुईसय वटा आरामदायी 'प्रिपेड' ट्याक्सी सेवा सञ्चालन

(GMT+08:00) 2014-01-06 16:48:06

       विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले अवदेखि दुईसय वटा आरामदायी 'प्रिपेड' ट्याक्सी सेवा सञ्चालन भएको छ।

       अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलबाट राजधानी, आसपासका जिल्ला र लामो यात्रामा समेत यात्रीले सेवा उपयोग गर्न पाउने नयाँ 'प्रिपेड' ट्याक्सीका लागि प्रतिकिलोमिटर 75 रुपैंयाँका दरले भाडा तिर्नुपर्नेछ।

       बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गरी झण्डै एकसट्ठी करोडको लगानीमा सञ्चालन गरिएको नयाँ ट्याक्सी सेवाअन्तर्गत पहिलो चरणमा दुईसय वटा फोर्ड र मारुती कम्पनीका आकर्षक एवम् आरामदायी मोटरकार यात्रीहरूको सुविधाका निम्ति प्रयोग गरिएको छ।

       विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले दोस्रो चरणमा थप एकसय वटा त्यस्तै ट्याक्सी सडकमा ल्याउने जनाएको छ। यसअघि विमानस्थलबाट सेवा प्रवाह गर्दै आएका हरियो नम्बर प्लेटका सबै पुराना ट्याक्सीलाई नयाँ ट्याक्सीले विस्थापन गरेका छन्। हरियोप्लेटका ट्याक्सी चालक/व्यवसायी स्वतः लिमिटेडमा आबद्ध भएका छन्।

       नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले त्रिभुवन विमानस्थल परिसरमा आयोजित एक कार्यक्रममा सेवाको शुभारम्भ गर्दै विमानस्थलमा पहिलो पाइला राख्ने विदेशी पर्यटकलाई मुलुकको पहिचान उच्च राख्न सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

       सरकार, व्यवसायी र ट्याक्सी चालक/मजदुरको लामो समयदेखिको अत्याधुनिक सुविधासम्पन्न ट्याक्सी सेवा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने योजना अन्ततः पूरा भएको छ। गोरखापत्र अनलाईनका अनुसार यस व्यवस्थाबाट बेलाबेलामा यात्रु ठगिने गरेका गुनासाको अन्त्य पनि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह