फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013 मा पर्यटन गरेका स्वदेशी पर्यटकहरुको संख्या 3 अर्ब 25 करोडको हाराहारीमा

(GMT+08:00) 2014-01-06 16:22:43

       भर्खरै सम्पन्न वर्ष सन् 2013मा चीनको पर्यटन व्यवसायको निरन्तर, स्वस्थ र तीब्र विकास भएको छ। गत वर्ष चीनको पर्यटनको कुल आम्दानी 29 खर्ब चिनियाँ युआन पुग्नुका साथै स्वदेशी पर्यटकहरुको संख्या मानिसको हिसावबाट हेर्दा 3 अर्ब 25 करोड पुग्ने अनुमान गरिएको छ।

        चीनको राष्ट्रिय पर्यटन व्यूरोका प्रमुख शाउ छि वैले छ तारिखका दिन "राष्ट्रिय पर्यटन कार्यसम्बन्धी बैठक सन् 2014"मा उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो।

        शाउकाअनुसार, सन् 2013 मा चीनको पर्यटनको लगानीमा तीब्र रुपमा बृद्धि भएको छ। प्राप्त तथ्यांकअनुसार, गत वर्षमा चीनको पर्यटनको प्रत्यक्ष लगानी 5 खर्ब 14 अर्ब 40 करोड चिनियाँ युआन पुगेको छ। साँस्कृतिक यात्रा, ग्रामीण यात्रा, समुद्री पर्यटन, अनलाइन यात्रा जस्ता यात्राहरु पर्यटन क्षेत्रमा लगानीको नयाँ गन्तव्य बनेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह