फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कु कुङ्ग दरबारद्बारा सोमबारको पूरै दिन बन्द हुने नयाँ नियम कार्यान्वयन

(GMT+08:00) 2014-01-06 18:09:23

         चीनको प्रसिद्ध कु कुङ्ग दरबारमा जनवरी छ तारिखदेखि नयाँ व्यवस्था लागू गरिएको छ। यस व्यवस्था अनुसार चाडपर्व र हरेक वर्षको जूलाई र अगष्ट महिना बाहेक हरेक सोमबारको पूरै दिन बन्द गरिनेछ। त्यस्तै कु कुङ्ग दरबारको सँरक्षणलाई मजबुत पार्नुका साथै ठीक समयमा कु कुङ्ग दरबारमा रहेका प्राचीन वास्तु र पूरातात्त्विक वस्तुहरूको जाँचबुझ तथा सँरक्षण गर्नसक्नेछ।

         कु कुङ्ग दरबार संग्रहालयका प्रमुख शान ची स्याङ्गका अनुसार, सोमबारको पूरै दिन बन्द गरिए तापनि सबै कर्मचारीहरूले बिदा लिने छैनन्। बरु अधिकांश कार्यलाई सोमबार गर्ने गरी तोकिनेछ।

         जनवरी छ तारिखका दिन कुकुङ्ग दरबार बन्द भएको पहिलो दिन हो। कर्मचारीहरूले कु कुङ्ग दरबारका भवनहरू र पूरातात्त्विक वस्तुहरूको सरसफाइ गरेका छन्। त्यसबाट प्राचीन वस्तुहरूको स्वस्थ अवस्थालाई कायम राख्न सघाउ पुग्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह