फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रतिरक्षा मन्त्रीको भारत भ्रमण

(GMT+08:00) 2014-01-06 18:10:17

          भारतको भ्रमणमा रहनुभएका जापानी प्रतिरक्षा मन्त्री ओनोदेरा इत्सुनोरीले छ तारिखका दिन भारतीय प्रतिरक्षा मन्त्री एन्थोनीसँग भेट-वार्ता गर्नुभएको छ। उहाँहरुले एशिया प्रशान्त क्षेत्रको वर्तमान सुरक्षा परिस्थिति र आपसी सैन्य सहयोगबारे छलफल गर्नुभएको छ।

          जापानी मन्त्री ओनोदेरा इत्सुनोरीले पाँच तारिखदेखि भारतको चार दिने भ्रमण थाल्नुभएको हो। थाहा भएअनुसार, उहाँको यस पल्टको भारतीय भ्रमणको मुख्य उद्देश्य भारतलाई जापानी जल र स्थलमा प्रयोग हुने विशेषता भएको यौ एस-दुई नामक जहाज बिक्री गर्ने हो। यो विमान चार हजार सात सय किलोमिटरसम्म उड्न सक्छ।

          यसवाहेक, दुवै पक्षले भारतले जापानबाट नागरिक आणविक प्रबन्धको निर्यात गर्ने विषयबारे छलफल गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह