फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदूतद्वारा भारतीय सञ्चार-माध्यममा लेख प्रकाशित

(GMT+08:00) 2014-01-06 18:57:21

         भारतका लागि चिनियाँ राजदूत वै वैले जनवरी छ तारिखका दिन भारतको "द हिन्दु"मा "चीन भारतबीच खुला सम्बन्धका नयाँ अध्याय "शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। वै वैले सो लेखमा सन् 2013 मा चीन र भारतबीचको सम्बन्धको विकासबारे निचोड निकाल्नुका साथै सन् 2014 मा चीन भारतसम्बन्धको अझै विकास हुने कुरा व्यक्त गर्नुभएको छ।

         उक्त लेखमा वैले सन् 2013मा चीन र भारतको रणनैतिक, सहयोगात्मक र साझेदारी सम्बन्धमा व्यापक विकास आएको, दुई मुलुकको उच्च स्तरीय घनिष्ठ आवत-जावत भएको, रणनैतिक पारस्परिक विश्वास निरन्तर रुपमा वलियो भएको र साँस्कृतिक आदान-प्रदान पनि क्रमशःविस्तार हुँदै गएको कुरा बताउनुभयो।

        भविश्यमा चीन र भारतको सम्बन्धबारे चर्चा गर्दा वैले लेखमा सन् 2014मा "चीन-भारत मैत्रीपूर्ण आदान-प्रदान वर्ष" भएको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्रकाशित भएको साठीऔं वार्षिकोत्सवको अवसरमा दुई मुलुकको सम्बन्धको वृहत् विकास हुने संभाव्यता पनि औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह