फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदुर पश्चिम नेपालको महेन्द्रनगरका 40 प्रतिशत व्यापारीले विद्युतीय तराजु

(GMT+08:00) 2014-01-07 18:04:34

         सुदुर पश्चिम नेपालको महेन्द्रनगरका 40 प्रतिशत व्यापारीले विद्युतीय तराजु प्रयोग गरिरहेका छन्। गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीको घुम्ती शिविरमा यस्तो तथ्य सार्वजनिक भएको हो।

         व्यवसाय सहज बनाउन महेन्द्रनगरका 40 प्रतिशत व्यापारीले विद्युतीय तराजु प्रयोग गरिरहेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । कार्यालयले महेन्द्रनगरमा आयोजना गरेको ढक तथा तराजुको गुणस्तर नापतौल घुम्ती शिविरमा ढक तराजु नवीकरण गर्न आएका मध्ये 40 प्रतिशत व्यवसायीले विद्युतीय तराजु प्रयोग गर्दै आएको पाइएको सहायक निरीक्षक तथा टोली प्रमुख दुर्गाप्रसाद रेग्मीले बताउनुभयो।

         रेग्मीका अनुसार 1 सय 72 व्यापारीले ल्याएका तराजुमध्ये 70 वटा विद्युतीय छन्। "दैनिक कामकाजमा विद्युतीय तराजुको प्रयोग सहज भएका कारण साना व्यापारीले यस्ता तराजु प्रयोग गर्छन्," रेग्मीले भन्नुभयो। नापतौलका क्रममा ढक र तराजुमा मापदण्डभन्दा बढी र कम तौल भेटिएको पनि निरीक्षक रेग्मीलाई उधृत गर्दै कारोबार अनलाइनले लेखेको छ।

         नापतौलमा एकरुपता ल्याउने उद्देश्यले नापतौल विभागले ठूला काँटा 1–1 र साना 2–2 वर्षमा नवीकरण गर्छ। कञ्चनपुर उद्योग वाणिज्य संघको सहयोगमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले पुस 11 गतेदेखि कञ्चनपुरका ढक, तराजुको गुणस्तर तथा नापतौल परीक्षण गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह