फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्री सिन्जो अबे भारतीय गणतन्त्र दिवस समारोहमा सरिक हुने

(GMT+08:00) 2014-01-07 13:05:18

           भारतको"द हिन्दु"ले सात तारिखका दिन जनाएअनुसार, भारतको भ्रमणमा रहनुभएका जापानी प्रतिरक्षा मन्त्री ओनोदेरा इत्सुनोरीले छ तारिख भारतीय प्रतिरक्षा मन्त्री एके एन्थोनीसँग भेटवार्ता गर्नुभएको छ। दुई पक्षले "आणविक हतियारको अप्रसार सन्धि", नागरिक आणविक ऊर्जा, जापानी प्रधानमन्त्री सिन्जो आबेले प्रतिनिधि मण्डलको नेतृत्व गरी भारतीय गणतन्त्र दिवस समारोहमा भाग लिने विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

           भेटवार्तापछि जापनानी प्रतिरक्षा मन्त्री ओनोदेरा इत्सुनोरीको साथमा भारतीय भ्रमण गर्नुभएका जापानी कोमेइतो पार्टीका प्रमुख नात्सुओ यामागुचीले जापानी प्रधानमन्त्री आबेले यसै महिना प्रतिनिधि मण्डलको नेतृत्व गरी भारतको भ्रमण गर्नुका साथै मुख्य अतिथिको हैसियतमा भारतीय गणतन्त्र दिवस समारोहका लागि जनवरी 26 तारिखका दिन आयोजित समारोहमा भाग लिनुहुने कुरा बताउनुभयो। कोमेइतो पार्टी प्रमुख यामागुचीले जापानकी प्रधानमन्त्री अबेको भारत भ्रमणको उद्देश्य जापान र भारतबीचको राजनैतिक आदान-प्रदानलाई सबल पार्नु, प्रतिरक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको सहयोगलाई बढाउनु भन्ने रहेको पिन जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह