फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अफ्रिकाको सहयोगमा चीनद्वारा समान, व्यवहारिक, भरपर्दो र सदिच्छा सिद्धान्तको पालना

(GMT+08:00) 2014-01-07 10:07:22

          चीनका परराष्ट्र मन्त्री वाङ यीले जनवरी छ तारिखका दिन इथियोपियाका विदेश मन्त्री टेडरोस एदहानोम गेब्रेयेसुससँग भेट-वार्ता गर्नुभएको छ। भेटवार्तापछि पत्रकारसँग संयुक्त रुपमा भेट-घाट गर्दै उहाँले चीन र अफ्रिकाको सहयोगमा चीनले समान, व्यवहारिक, भरपर्दो र सदिच्छापूर्ण सिद्धान्तको पालना गरिरहेको कुरा बताउनुभएको छ।

          वाङले अफ्रिकाको विभिन्न सदस्य मुलुक अन्तर्राष्ट्रिय समाजको समान सदस्य भएको भन्दै अफ्रिकाको विकास नहुने हो भने विश्वको समृद्धि नहुने कुरा बताउनुभयो। साथै उहाँले चीन अफ्रिकालाई सहायता दिने सबैभन्दा पहिलो मुलुक हो र अफ्रिकासितको सहयोगले सबैभन्दा स्पष्ट उपलब्धि हासिल गरेको मुलुक भएको दावी गर्नुभयो।

          उहाँले सहयोगमा चीनले अफ्रिकी मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेको र अफ्रिकालाई दिएको सहायतामा कुनै पनि पूर्वशर्त नराखेको पनि स्पष्ट पार्नुभयो।

           परराष्ट्र मन्त्री वाङकाअनुसार, चीनले अफ्रिकालाई दिएको सहायता र सहयोग अफ्रिकी मुलुकहरुको आर्थिक तथा सामाजिक विकास र नागरिक जीवनमा प्रयोग गरिएको छ। हालसम्म चीनले अफ्रिकी मुलुकहरुलाई धेरै विद्यालय, अस्पताल, खेलमैदान, शहरको पानीको आपूर्तिआदि परियोजनाहरुको निर्माण गरिसकेको छ। अफ्रिकाको लगानी वातावरण र जनताको जीवन सुधार गरिएको छ।

          यसैबीच वाङले चीन-अफ्रिका सहयोग मञ्चका शिखर सम्मेलनहरुमा चीनले अफ्रिकालाई दिएको सबै बचन-बद्धता हालसम्म निर्धारित समयमा पूरा गर्दै आएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह