फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका सरकारद्बारा सान फ्रान्सिस्कोस्थित चिनियाँ महा बाणिज्य दुताबासमा आगजनी गर्ने शंकास्पद व्यक्तिविरुद्ध अभियोग

(GMT+08:00) 2014-01-07 15:46:39

          एफबीआईअन्तर्गत सान फ्रान्सिस्को क्षेत्रीय कार्यालयले 6 तारिख विहान पत्रकार सम्मेलनको आयोजना गरी एक तारिख राति सान फ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दुतावासमा आगजनी गर्ने शंकास्पद व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेको जनाएको छ। हाल अमेरिका सरकारले संघीय अदालतसमक्ष चिनियाँ मूलका विदेशी पुरुष फङ्ग येन फङ्गमाथि अभियोग लगाएको छ।

           एफबीआईका अनुसार, शंकास्पद व्यक्ति 39 वर्षीय पुरुष अमेरिकी नागरिक फङ्ग यान हुन्। तर वास्तविक रुपमा त्यो पुरुषको नाम फङ्ग येन फङ्ग हो। निजको आपराधिक गतिविधि व्यक्तिगत रहेको र आतंकवादी संगठन वा राजनीतिसित सम्बन्धित नभएको पनि बताइएको छ।

          अमेरिका संघीय छानबीन ब्युरो अर्थात् एफबीआई अन्तर्गत सान फ्रान्सिस्को क्षेत्रीय कार्यालयद्बारा संघीय अदालतसमक्ष पेश गरिएको दस्तावेजका अनुसार, फङ्ग येन फङ्गलाई दुईवटा संघीय अपराधीको अभियोग गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह