फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारद्वारा निर्यात सम्भावना भएका महत्वपूर्ण जडीबुटीको खोजी

(GMT+08:00) 2014-01-08 17:25:32

        सरकारले निर्यात सम्भावना भएका महत्वपूर्ण जडीबुटी खोज्न थालेको छ। जडीबुटीलाई निर्यात सम्भावनाको सूचीमा राख्दै सरकारले खोजी अभियान थालेको हो। पहिलो चरणमा तोकिएका जडीबुटी खोज्न सुदुरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई अध्ययन थलो बनाएको छ।

        वाणिज्य तथा आपूर्ति मन्त्रालयले जडीबुटीको पहिचान भएपछि ठाउँ–ठाउँमा प्रशोधन केन्द्रसमेत खोल्ने जनाएको छ। मन्त्रालयले ईआईएफको 33 लाख युरो (44 करोड 55लाख रुपैयाँ) सहयोगमा कार्यक्रम अगाडि बढाएको हो। 2 वर्षभित्र निर्यात सम्भावना भएका जडीबुटीको पहिचान सक्ने मन्त्रालयको दाबी छ। जडीबुटी निर्यातका सम्भावना भएका 19 वस्तुको सूचीअन्र्तगत पर्छन्।

        ईआईएफ नेपालका प्रबन्धक बुद्धि उपाध्यायले निर्यातको प्रशस्त सम्भावना भएकाले त्यस्ता वस्तुको विकास र ब्रान्डिङ गर्न परियोजना सञ्चालन गरेको जानकारी दिनुभएको कारोबार अनलाईनले जनाएको छ। ठूलो परिमाणका जडीबुटीका कच्चा पदार्थ विदेशमा निर्यात भएर त्यहाँबाट तयारी वस्तु बन्छ। त्यसलाई बढी मूल्य तिरेर पुनः नेपालमा आयात गरिन्छ। प्रशोधन केन्द्रको अभावमा ठूलो रकम विदेश गइरहेको छ।

       गत आर्थिक वर्षमा 1 अर्ब 27 करोड रुपैयाँबराबरको जडीबुटी निर्यात भएको थियो। जडीबुटी निर्यात बढ्दो रहेकाले तयारी वस्तुमा निर्यात गर्न सक्ने धेरै फाइदा लिन सक्ने कारोबार अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह