फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्रीद्बारा भारतीय अर्थतन्त्रको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2014-01-08 18:36:03

         भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आठ तारिख सम्बोधन गर्दै भारतको आर्थिक परिस्थितिको सकारात्मक मूल्याङ्कन गर्नुभएको छ। उहाँका अनुसार, बितेका नौ वर्षभित्र भारतीय अर्थतन्त्रको औसत बृद्धि दर 7.9प्रतिशत रहेको छ। तर गएका दुई/तीन वर्षयता आर्थिक बृद्धि दर केही मन्दी हुँदै गएको देखिन्छ। यस वर्ष भारतको आर्थिक बृद्धि दर 5प्रतिशतको स्तरलाई कायम राखिने अनुमान गरिएको छ।

        सिंहका अनुसार, अनेकन् चुनौती देखा परे तापनि भारतको आधारभूत अर्थतन्त्र अझ सशक्त हुँदैछ भने भारतीय ब्यापारीहरूको उत्साह अझ उच्च देखिन्छ। हाल फेरि पनि भारत लगानीका लागि आकर्षक गन्तव्य स्थल बन्दै जानेछ।

        आफ्नो सम्बोधनमा सिंहले बितेका केही वर्षयता भारतीय शिक्षा विभाग, आधारभूत प्रबन्धको निर्माण र कृषि विकास आदि विषयबारे पनि सकारात्मक मूल्याङ्कन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह