फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशस्थित चिनियाँ राजदुत र विभिन्न पक्षबीच राजनैतिक परिस्थितिबारे वैचारिक आदान-प्रदान

(GMT+08:00) 2014-01-09 10:55:02

          बंगलादेशस्थित चिनियाँ राजदुत ली च्युनले 7 तारिखका दिन बंगलादेश राष्ट्रिय पार्टीका उच्च स्तरीय नेतागणसँग भेटवार्ता गर्नुभएको छ। बंगलादेशका विभिन्न पक्षले कूल परिस्थितिमा महत्व दिनुका साथै आपसी सदिच्छा कायम राखेर गतिरोधको समाधान गर्न निरन्तर प्रयास गर्ने आशा चीनले गरेको भेटवार्तामा राजदुत लीले बताउनुभयो। दुई पार्टीबीचको आदान-प्रदानलाई घच्घच्याउन चीनले भूमिका खेल्ने इच्छा पनि देखाएको छ।

         हाल राजदूत लीले बंगलादेशका लागि भारत, अमेरिका, रुस र जर्मनका राजदुतसँग बेग्ला-बेग्लै भेट-घाट गरेर बंगलादेशको राजनैतिक परिस्थितिबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

         राजदुत लीका अनुसार, बंगलादेशका पार्टीहरुले रचनात्मक वार्तामार्फत् स्वतन्त्र र शान्तिपूर्ण रुपमा मतभेदको समाधान गर्न चीनले विभिन्न मुलुकसँग सँगै प्रयास गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह