फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी डेमोक्रेटिक पार्टीका महाप्रबन्धकद्वारा सिन्जो अबेले यासुकुनी देवलको पूजा गर्न नहुने तर्क

(GMT+08:00) 2014-01-09 10:57:59

          जापानी डेमोक्रेटिक पार्टीका महाप्रबन्धक अकिहितो ओताले जापानी प्रधानमन्त्री सिन्जो अबेले दोस्रो विश्व युद्धका क श्रेणीको युद्ध अपराधी राखिएको यासुकुनी देवलको पूजा गर्न नहुने तर्क गर्नुभएको छ।

          जनवरी आठ तारिख बेलुकी टोकियोमा अकिहितोले एक टेलिभिजन कार्यक्रममा उक्त कुरा बताउनुभएको हो।

          उहाँले प्रधानमन्त्रीको हैसियतमा सिन्जो अबेले जापानको राजनीति र कुटनीति जिम्मा लिनुपर्ने र यासुकुनी देवलको पूजा गरेबाट उत्पन्न नतिजाप्रति सोचविचार गर्नुपर्ने कुरा बताउनुभयो।

           जापानी जी जी प्रेसले जनाएअनुसार, सिन्जो अबेले सोही दिन अर्को टेलिभिजन कार्यक्रममा बोल्दै यासुकुनी देवलको पूजा गरेको कुरा आलोचना गरिएपनि प्रधानमन्त्रीको जिम्मेवारी वहन गरेकाले त्यो अस्वाभाविक नहुने बताउनुभयो। प्रेसले गरेको टिप्पणी अनुसार, अबेको कुराबाट उहाँले यासुकुनी देवलको निरन्तर रुपमा पूजा गर्नुहुने कुरा प्रतिविम्वित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह