फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही समस्या हल गर्ने हो भने नेपालको तयारी पोशाक निर्यातमा संभावना

(GMT+08:00) 2014-01-10 17:07:43

         बंगलादेशमा निर्वाचनसँगै भड्किएको हिंसा र कम्बोडियामा कामदारले गरेको हडतालबाट नेपालको तयारी पोसाक उद्योगले पुनर्जीवन पाउने सम्भावना देखिएको छ। तर यसका लागि अमेरिकी कम्पनीसँग संवाद गर्ने– बन्द भएका तयारी पोसाक उद्योग चलाउने – र बन्द, हडताल हुँदा निकासीमा अवरोध नगर्ने लगायतका सर्तलाई कार्यान्वयन गर्नुपर्ने विश्लेषण नागरिक अनलाईनको छ।

         बंगलादेशबाट अमेरिकाका ठूला खुद्रा बिक्रेता कम्पनीले तयारी पोसाक किन्दै आएकोमा हाल त्यहाँको परिस्थिति प्रतिकूल बन्दै गएकाले कम्पनीहरु वैकल्पिक मुलुकको खोजीमा छन्।

         बंगलादेश गएका सबै अमेरिकी कम्पनी पहिले नेपालबाटै किन्थे। मुलुकमा राजनीतिक अस्थिरता, बन्द, हडतालले समयमा डेलिभरी दिन नसकेपछि बंगलादेश गएका थिए,' नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले भन्नुभयो, 'अब ती कम्पनीका लागि नेपाल नै राम्रो र उपयुक्त देश हुनेछ।' उहाँका अनुसार अमेरिकी कम्पनीसँग संघमार्फत संवाद सुरु भइसकेको छ।

          नेपालको राजनीतिक अवस्थाले अमेरिकाका वालमार्ट, ग्याप, जेसेपेनी, चिल्ड्रेन प्यालेस, किड्स इन्टरनेसनलजस्ता ठूला क्रेताले नेपालबाट तयारी पोसाक लैजान छाडेका थिए। 6 वर्षअघि वालमार्टले नेपालबाट तयारी पोसाक लिन छाडेको थियो। नेपालबाटै लिने कम्पनी जेसेपेनी आन्तरिक कारणले समस्यामा परेपछि लिन छोडेको थियो।

         अमेरीकाकै अर्को कम्पनी चिल्ड्रेन प्यालेस र किड्स इन्टरनेसनलले नेपालबाट सामान लिन छाडेका थिए। यी सबै उद्योगले वार्षिक सरदर 1 करोड अमेरिकी डलर बराबरको तयारी पोसाक किन्थे। यी कम्पनीको विश्वभरनै सञ्जाल छन्।

          चीनपछिको सबैभन्दा ठूलो तयारी पोसाक उत्पादक बंगलादेशमा राजनीतिक हिंसाअघि कामदारको सुरक्षामा ध्यान नदिएको भन्दै आलोचना भएको थियो।

          नोभेम्बरमा बंगलादेशको एक तयारी पोसाक उद्योगमा आगलागी हुँदा 1 सय 12 जनाको मृत्यु भएको थियो।

          नेपाल र बंगलादेशमा बन्ने तयारी पोसाकको लागतमा त्यति ठूलो अन्तर छैन। नेपालबाट तयारी पोसाक निकासी गर्दा काठमाडौंदेखि कोलकातासम्मको ढुवानी भाडा मात्रै महँगो छ। नेपालमा कपडा बनाउन 40 दिन र ट्रान्जिटमा 30 दिन लाग्छ। नेपालबाट अमेरिका तयारी पोसाक पुर्‍याउन 1 सय 20 दिनभन्दा बढी लाग्छ। बंगलादेशबाट 90 दिनमै पुग्छ। बंगलादेश समुद्रसँग जोडिएकोले सामान छिटो पठाउन सक्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह