फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घानाका राष्ट्रपति तथा चिनियाँ परराष्ट्र मन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2014-01-10 09:14:45

         घानाका राष्ट्रपति जोहन द्रामानी माहामाले नौ तारिखका दिन राष्ट्रपति भवनमा त्यहाँको भ्रमणमा रहनुभएका चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेट-वार्ता गर्नुभएको छ।

         भेटका अवसरमा माहामाले लामो समयदेखि चीनले विकासोन्मुख मुलुकलाई एकताबद्ध पार्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा विकासोन्मुख मुलुकको हक अधिकारको सँरक्षण गरी विशेषत: अफ्रिकालाई अधिकांश सहायता दिंदैआएको बताउनुभयो। आगामी दिनहरूमा दुवै देश बीचको मित्रता र सहयोगलाई गहन पार्नुका साथै चीनसित अझ प्रगाढ द्बिपक्षीय सम्बन्धको निर्माण गर्दै जान घाना इच्छुक रहे‌को पनि माहामाले औंल्याउनुभएको छ।

         प्रत्युत्तरमा परराष्ट्र मन्त्री वाङ्गले चीन र घानाका पूर्व नेताहरूले स्थापना गर्नुभएको परम्परागत मित्रता दुवै पक्षको साझा मूल्यवान सम्पत्ति भएको बताउनुभयो। अब उपरान्त दुवै पक्षले परम्परागत मित्रता र वास्तविक सहयोगलाई राम्रोसँग जोडेर दुवै पक्षको साझा विकासलाई छिटोभन्दा छिटो साकार तुल्याउने आशा चीनले गरेको कुरा पनि वाङ्गले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह