फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थुनामा रहेकी भारतीय महिला कूटनीतिज्ञ अमेरिकाबाट फिर्ता

(GMT+08:00) 2014-01-10 17:20:48

        भारत सरकारले दश तारिखका दिन केही समयअघि जाली प्रवेशाज्ञाको अभियोगमा भारतीय महिला कूटनीतिज्ञ देवयानी खोब्रागादेलाई अमेरिका छाड्न सूचित गरिएको जानकारी दिएको छ। हाल उहाँ भारततर्फ फर्कने क्रममा रहनुभएको छ।

        प्राप्त जानकारीअनुसार, केही समयअघि भारतीय विदेश मन्त्रालयले खोब्रागादेलाई न्यूयोर्कस्थित भारतीय महावाणिज्य दुताबासबाट संयुक्त राष्ट्र संघका लागि भारतीय आबासीय प्रतिनिधि मण्डलमा भर्ना गर्न आवेदन दिएको थियो। त्यस आवेदनलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको छ। अमेरिकाले उक्त अनुमोदनलाई स्वीकार गरे तापनि उहाँसँगको सम्बन्धित कूटनीतिक सहिष्णुता अधिकारलाई खारेज गर्न आग्रह गरेको छ। तर त्यस आग्रहलाई भारतीय पक्षले अस्वीकार गरेपछि अमेरिकाले ती महिला कूटनीतिज्ञलाई तुरुन्तै अमेरिका छाड्न आग्रह गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह