फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेनेगलका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा चीनका परराष्ट्र मन्त्री वाङ यीसँग बेग्ला-बेग्लै भेटघाट

(GMT+08:00) 2014-01-11 14:30:59

       सेनेगलका राष्ट्रपति म्याकी साल र प्रधानमन्त्री अमिनाटा टौरले जनवरी दश तारिखका दिन त्यहाँको भ्रमणमा रहनुभएका चीनका परराष्ट्र मन्त्री वाङ यीसँग बेग्ला-बेग्लै भेटघाट गर्नुभएको छ।

       भेटघाटमा राष्ट्रपति सालले सेनेगल र चीनबीचको दौत्य सम्बन्ध पुनःस्थापना भएदेखि यता सेनेगलले चीनबाट ठूलो सघाउ पाएको र दुई मुलुकबीचको सम्बन्ध नयाँ स्तरमा पुर्‍याइएको कुरा बताउनुभयो। सेनेगलले चीनसँग आपसी विश्वासलाई अझ गहिरो पार्ने, आधारभूत प्रबन्ध, नागरिक जीवन कार्यआदि क्षेत्रको सहयोगलाई बढाउने, दुई मुलुकको साझेदारी सम्बन्धलाई माथि उकास्ने आशा लिएको कुरा उहाँले बताउनुभयो।

       जवाफमा परराष्ट्रमन्त्री वाङ यीले चीन र अफ्रिकाको नयाँ रणनैतिक र साझेदारी सम्बन्धको प्रारुपमा चीन र सेनेगलको सम्बन्धलाई चीन र पूर्वी अफ्रिका मुलुकको सम्बन्धको नमूना बनाउने मनसाय चीनले लिएको कुरा व्यक्त गर्नुभयो। उहाँले चीन सेनेगललगायतका अफ्रिकी मुलुकहरुको सहृदयी साझेदार र भरपर्दो मित्र हुने कुरामा जोड दिनुभयो।

        त्यसैगरी प्रधानमन्त्री डूरेले भेटघाटका क्रममा सेनेगलले अझै बढी चिनियाँ उद्योग-व्यवसायहरुलाई सेनेगलमा लगानी आकर्षित गर्नका लागि स्वागत गर्नुका साथै सुविधा उपलब्ध गराउने मनसाय लिएको कुरा बताउनुभयो।

       प्रत्युत्तरमा चिनियाँ मन्त्री वाङले चीनको नयाँ चरणको चौतर्फी सुधारले अझै उच्चस्तरीय बाह्य खुलापन बढाउने र यसले चीन र अफ्रिकाको सहयोगका लागि नयाँ सुअवसर र शक्ति उपलब्ध गराउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह