फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको अर्थतन्त्रमा लगातार एक्काईस वर्षसम्म दुई अङ्कको वृद्धिदर कायमै

(GMT+08:00) 2014-01-11 18:32:38

       सन् 2013 तिब्बतको क्षेत्रीय गार्हस्थ उत्पादन मात्रा असी अर्ब बीस करोड चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ। जुन रकम गत वर्ष सन् 2012को तुलनामा 12.5 प्रतिशतले बृद्धि भएको छ। सन् 1994 देखि यता तिब्बतको अर्थतन्त्रमा लगातार एक्काईस वर्षसम्म दुई अङ्कयुक्त बृद्धि जारी राखिंदैआएको देखिन्छ।

       तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लोसाङ्ग च्याङ्ग छुनका अनुसार, सन् 2013मा तिब्बतको कूल आर्थिक मात्रा नयाँ स्तरमा पुग्नुका साथै सारा क्षेत्रको कूल गार्हस्थ्य उत्पादन मात्रामा पनि लगातार पाँच वर्षसम्म दशौं अर्ब स्तरको बृद्धि भएको देखिएको छ। साथै विशेषतायुक्त श्रेष्ठ व्यवसाय पनि क्रमश: तिब्बतको आर्थिक विकासका लागि स्तम्भहरूमध्येको एक बनेको छ। यसबाहेक, गत वर्ष तिब्बतको पर्यटन व्यवसाय एकदमै समृद्ध देखिएको छ। पर्यटनबाट सिर्जित कूल नाफा 16अर्ब 50करोड चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह