फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा जारी युद्ध, विकास, जलवायु परिवर्तनका समस्याको संयुक्त रुपमा सामना गर्न राष्ट्रसंघका महासचिव बान की मुनको आव्हान

(GMT+08:00) 2014-01-11 15:34:34

       संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले संकटहरु रहेतापनि सन् 2014 मा धेरै राम्रा अवसर रहने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले अन्तर्राष्ट्रिय समाजसँग युद्ध, विकास, जलवायु परिवर्तन आदि क्षेत्रमा आएका चुनौतीको सामनाका सवालमा पनि प्रगति हासिल गर्न आव्हान गर्नुभएको छ।

       जनवरी दश तारिखका दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा सन् 2014 पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा महासचिव मुनले यस्तो विचार व्यक्त गर्नुभएको हो।

        उहाँले समृद्धि तथा शान्तिको साथमा विश्वको सामु अझै गम्भीर र जटिल द्वन्दात्मक स्थिति देखापर्ने कुरा बताउनुभयो। साथै उहाँले सन् 2014मा अन्तर्राष्ट्रिय समाजले वर्तमान विभिन्न संघर्षमाथि ध्यान दिनुपर्ने, श्रोत-साधन उपलब्ध गराउनुपर्ने र समर्थन दिनुपर्ने, अफगानिस्तान लगायत संक्रमणकालीन अवधिमा रहेका मुलुकहरुलाई उघाउ पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले प्यालेष्टाइन र इजरेलले संघर्षको समाधान गर्ने र वर्तमान अवस्थालाई परिवर्तन गर्ने दिशामा प्रगति हासिल गर्ने आशा पनि प्रकट गर्नुभयो।

        विकास समस्याबारे चर्चा गर्दै महासचिव मुनले सन् 2014 सहश्राव्दी विकास लक्ष्य साकार तुल्याउने एक महत्वपूर्ण वर्ष रहेको पनि स्मरण गर्नुभयो।

        जलवायु परिवर्तन समस्याबारे उहाँले सन् 2015मा जलवायु परिवर्तनका असर सामनासम्बन्धी विश्वको नयाँ सम्झौता पारित गर्नका लागि अन्तर्राष्ट्रिय समाजले गत वर्ष वासा जलवायु परिवर्तन सम्मेलनमा गरेको वचन-बद्धतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह