फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा दिइएको सहयोग सम्बन्धी पहिलो खेपका सामग्री सिरियाको राजधानीमा

(GMT+08:00) 2014-01-11 17:35:42

         सिरियाली समय जनवरी दश तारिख विहान चन्दास्वरुप सिरियालाई दिएको चीन सरकारको पहिलो खेप सामग्री विमानद्वारा सिरियाको राजधानी दमस्कसमा पुगेको छ।

         सिरियालाई दिएको पहिलो खेपको सामग्री सिरियाली जनतालाई दिएको ऊनीको कम्बल अर्थात् ब्लाङकेट हो। थाहा भएअनुसार, चीन सरकारको पहिलो खेपको सामग्री जम्मा दश हजार वटाभन्दा बढी ऊनीको कम्बल रहेको छ। अनुमानअनुसार, दोस्रो खेपको सामग्री एक साताभित्र पठाइने छ। दोस्रो खेपको सामग्रीमा दश हजार वटाभन्दा बढी ऊनीको ब्लाङकेट र बीस हजार वटाभन्दा बढी सिरक रहेका छन्।

         सिरियामा राजनीतिक संकट सुरु भएको लगभग तीन वर्षदेखि सिरियाका बीस लाख नागरिक घरबिहीन भएका छन्। चालू वर्ष मौसम जाडो भएको कारण ती शरणार्थीहरुको अवस्था निकै अप्ठ्यारोबाट गुज्रिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह