फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको 292औँ जन्मजयन्ती सम्पन्न

(GMT+08:00) 2014-01-12 18:38:05

       बाइसे चौबीसे टुक्रे राज्यहरुलाई मिलाएर एउटै राष्ट्रको सपना देखेका राजा पृथ्वीनारायण शाहको 292 औँ जन्म जयन्ती शनिवार मनाइएको छ। नेपालबाट राजतन्त्र हटेपछि शाहको जन्मजयन्तीको दिन सार्वजनिक विदा मनाउने चलनलाई सरकारले हटाएको छ।

       सरकारले जन्मजयन्तीलाई राष्ट्रिय मान्यता नदिएपनि सर्वसाधारणले भने उनको जन्मजयन्ती मनाउने गरेका छन्। राष्ट्रीय एकीकरण गरेको भनेर धेरैले उनलाई राष्ट्रनिर्माता समेत भन्छन्। सरकारले उनको जन्मजयन्ती मनाउन छोडेपछि राष्ट्रनिर्माताको सम्झनामा नागरिक समारोह समिति बनेको छ।

       समितिले शनिवार सिंहदरबारको पश्चिम ढोकास्थित शाहको सालिकमा माल्यार्पण तथा नगरपरिक्रमा कार्यक्रम गरेको थियो। सहभागीहरुले शाह नेपाल एकीकरणका अभियान्ता र राष्ट्रनिर्माता भएकोले उनको योगदानको कदर गर्दै राज्यले पौष 27 गतेको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग गरेको भन्दै सेतोपाटी अनलाइनले लेखेको छः सहभागीहरुले पहिले जस्तै पृथ्वीजयन्तीको दिन विदा हुनुपर्ने माग राखेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह