फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदूतद्वारा शान्ति तथा स्थिरताका लागि एशियाली मुलुकसँग आग्रह

(GMT+08:00) 2014-01-12 18:39:46

        भारतका लागि चिनियाँ राजदूत वै वैले 10 तारिखका दिन " द इन्डियन एक्सप्रेस" मा "एशियामा शान्ति, स्थिरता र विकसित परिस्थितिको दृढताका साथ सुरक्षा" शीर्षकमा एउटा लेख प्रकाशित गर्नुभएको छ।

        उहाँका अनुसार, सन् 2013 मा एशियाका लागि विकास र सहयोगको वर्षको रुपमा रह्यो। एशियाली नयाँ उदीयमान आर्थिक समूहले तीव्र वृद्धिलाई कायम राखेर विश्वको विकास र समृद्धिका लाथि महत्वपूर्ण योगदान दिएका छन्। एशियाली क्षेत्रको कूल परिस्थिति स्थिर छ। शान्ति, स्थिरता र विकास एशियाली मुलुकको साझा प्रतिक्षा हुनुका साथै क्षेत्रीय परिस्थितिको मुख्य प्रवृत्ति पनि हुन्।

        हाल जापानी नेतागणले अरु मुलुकद्बारा गरिएको विरोधको वेवास्ता गरेर यासुकुनी देवलको पूजा-आजा गरेका थिए। जसले युद्धपछि अन्तर्राष्ट्रिय परिपाटी भंग हुनुका साथै ऐतिहासिक न्याय र मानवीय सम्वेदनामाथि चुनौती दिएको छ। यो गतिविधिले पूर्वी एशियाको राजनैतिक स्थिरतामाथि खलल पुर्‍याउनुका साथै चीन, अमेरिका र जापानबीचको आर्थिक विकासमा पनि क्षति पुर्‍याएको छ। जसबाट विश्व अर्थतन्त्रको पुनरुत्थान, त्यसमध्ये भारतलगायत एशियाली मुलुकको अर्थतन्त्रलाई पनि प्रभावित पार्नेछ।

        जापानी सैन्यवादी अतिक्रमणको विरोध गर्न चीन र भारत दुवैले महत्वपूर्ण योगदान गरेका थिए। भारतीय चिकित्सक क्वार्कनाथ एस कोट्निसले चिकित्सा टोलीको नेतृत्व गरेर चिनियाँ जनतालाई सहयोग गर्दै गर्दा चीनमै मृत्यु भएको थियो। चिनियाँहरुले उहाँको सधैं नै सम्झना गर्ने गर्दछन्। जापानद्बारा आक्रमण गरिएका मुलुकले इतिहास भुल्नु हुँदैन।

        लेखमा लेखिएको छः हाल चीन, भारत र जापान लगायत एशियाली जनताले दृढताका साथ इतिहासको स्मरण गर्नुको उद्देश्य जवाफ दिनका लागि होइन। बरु कुन ठीक र कुन बेठीक भन्ने कुरा थाहा गरेर शान्तिपूर्ण तथा साझा विकास गर्नका लागि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह