फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यीको अफ्रिकी चार मुलुकको भ्रमण सम्पन्न

(GMT+08:00) 2014-01-12 18:41:35

        अफ्रिकाका चार मुलुकको छ दिने भ्रमण सम्पन्न गरी चीनका परराष्ट्र मन्त्री वाङ यीले विशेष विमानद्वारा स्वदेश फर्कनुभएको छ। स्थानीय समय अनुसार जनवरी एघार तारिख बेलुकी सेनेगलको भ्रमण समाप्त गरी उहाँ चीन फर्किनुभएको हो। परराष्ट्र मन्त्री वाङले नयाँ वर्षमा भ्रमण गर्नुभएको यो पहिलो पटक हो।

        वाङले स्थानीय समय जनवरी दश तारिख सेनेगलको भ्रमण गर्नुभएको हो। सोही दिन उहाँले सेनेगलको राष्ट्रपति म्याकी साल र प्रधानमन्त्री अमिनाटा टौरसँग भेट-घाट गर्नुभएको थियो। भेटघाटमा सालले पहिले चीनले अफ्रिकालाई दिएको समर्थन अफ्रिकाको राष्ट्रिय स्वतन्त्रता र मुक्ति साकार तुल्याउने महत्वपूर्ण शक्ति भएको र भविश्यमा चीनको मद्दतबाट अफ्रिकाको सपना साकार हुने आशा प्रकट गर्नुभयो। प्रधानमन्त्री टौरले सेनेगलले चीनसँग आधारभूत प्रबन्ध, कृषिआदि क्षेत्रको सहयोग गर्ने मनसाय लिएको कुरा बताउनुभयो।

         यसैबीच परराष्ट्रमन्त्री वाङ यीले चीन र अफ्रिकाको नयाँ रणनैतिक र साझेदारी सम्बन्धको प्रारुपमा चीन र सेनेगलको सम्बन्धलाई चीन र पूर्वी अफ्रिका मुलुकको सम्बन्धको नमूना बनाउने मनसाय चीनले लिएको कुरा व्यक्त गर्नुभयो। साथै उहाँले चीनले शक्तिशाली चिनियाँ उद्योग-व्यवसायलाई सेनेगलमा लगानी लगाउन र सेनेगलको विकासका लागि योगदान दिन प्रोत्साहन गर्ने कुरामा जोड दिनुभयो।

         जनवरी एघार तारिख विहान सेनेगलका सँस्कृति मन्त्रीको साथमा परराष्ट्र मन्त्री वाङले चीनको सहयोगमा निर्माण गरिएको सेनेगल राष्ट्रिय थियेटरको अवलोकन गर्नुभयो। त्यो नाचघर हालसम्म अफ्रिकाको सबैभन्दा थियेटर हो। हाल सेनेगलको सबैभन्दा महत्वपूर्ण कार्यक्रम त्यहाँ आयोजना गर्ने गरिन्छ।

         वाङले जनवरी छ तारिखदेखि एघार तारिखसम्म इथियोपिया, झिबुटी, घाना र सेनेगल गरी चार मुलुकको भ्रमण गर्नुभयो। वाङले इथियोपिका राष्ट्रपति मूलाटू टेशोमेग भेट-घाट गर्नुभयो। इथियोपियाका विदेश मन्त्री टेड्रोस अदहानोमसँगको भेटमा उहाँले चीनले सशक्त क्षमता रहेका चिनियाँ उद्योग-व्यवसायलाई इथियोपियामा लगानी गर्न उत्प्रेरित गर्ने बताउनुका साथै इथियोपियाले चिनियाँ उद्योग-व्यवसायलाई सुविधा र समर्थन दिने आशा व्यक्त गर्नुभयो। यस वाहेक, वाङले पनि चीनको सहयोगमा निर्माण गरिएको अफ्रिकी संघको सम्मेलन केन्द्रको अवलोकन गर्नुभयो।

         झिबुटीमा परराष्ट्र मन्त्री वाङले त्यहाँका राष्ट्रपति र विदेश मन्त्रीसँग भेटवार्ता गर्नुभयो। दुई पक्षले सुरक्षा समस्या, प्रतिरक्षा क्षेत्रमा दुई मुलुकको सहयोगबारे छलफल गर्नुभयो।

         पूर्वी अफ्रिकाको घानाको भ्रमण अवसरमा वाङले घानाका राष्ट्रपति जोहन द्रामानी माहामा र विदेश मन्त्रीसँग भेट-वार्ता गर्नुभयो। दुई पक्षले विभिन्न क्षेत्रको सहयोग गर्ने मनसाय लिएका छन्।

         अफ्रिकी सञ्चार-माध्यमहरुले सकारात्मक धारणामा चीनका परराष्ट्र मन्त्रीको भ्रमणबारे जनाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह