|
|
|
|||||||||
|
||
तिब्बत स्वायत्त प्रदेश भू-भागको सरदर उचाइ चार हजार मिटरभन्दा बढी छ। यो छिंगहाई-तिब्बत टारभूमिको मुख्य भाग हो। त्यसलाई विश्वको छानो पनि भनिन्छ। तिब्बत स्वायत्त प्रदेशको कूल जनसंख्या छब्बिस लाख भन्दा बढी छ जसमध्ये तिब्बती जातिका मानिसहरुको कूल जनसंख्या पच्चीस लाख जति छ। तिब्बती जातिका मानिसहरुको जनसंख्या तिब्बत स्वायत्त प्रदेशको कूल जनसंख्याको 96 प्रतिशत छ। तिब्बत नै चीनमा जनसंख्या सबैभन्दा कम रहेको स्वायत्त प्रदेश हो।

चीनको छिंगहाई-तिब्बत टारभूमिका अनेकौं विशेष खालका प्राकृतिक विशेषता छन् भने विश्वको टारभूमि र पहाडी क्षेत्रहरुमा त्यसको महत्वपूर्ण स्थान छ। त्यसलाई विश्वको तेस्रो ध्रुव पनि भनिन्छ।
छिंगहाई-तिब्बत टारभूमिलाई विश्वको तेस्रो ध्रुव भनिनुको कारण त्यसको उचाइ र जाडो मौसम हो। त्यसको औसत उचाइ चार हजार मिटर भन्दा बढि छ। त्यसलाई वरिपरिका ठूल्ठूला पहाडहरुले घेरिएको छ भने टारभूमिमै पनि धेरै चुचुराहरु उभिएका छन्। छिंगहाई-तिब्बत टारभूमिमा समुद्र सतहदेखि चार हजार पाँच सय मिटर भन्दा अग्लो ठाउँको औसत तापक्रम सून्यभन्दा तल रहन्छ भने सबैभन्दा तातो हुने बेलामा पनि त्यहाँको औसत तापक्रम दश डिग्री भन्दा तल रहन्छ।

छिंगहाई-तिब्बत टारभूमिको उचाइ चार हजार मिटर भन्दा बढी छ। त्यहाँ चार हजारदेखि आठ हजार मिटरभन्दा अग्ला धेरै चुचुराहरु छन्। यो विश्वको सबैभन्दा नयाँ टारभूमि हुनुका साथै एशिया क्षेत्रका अनेक ठूला नदीहरुको मुहान पनि हो।
तिब्बत स्वायत्त प्रदेश चीनमा सबैभन्दा बढी तिब्बतीहरुको बसोबास भएको ठाँउ हो। त्यहाँ बसोबास गर्ने तिब्बतीहरुको संख्या चीनभरी बसोबास गरिरहेका तिब्बतीहरुको कूल संख्याको 45 प्रतिशत छ। तिब्बत स्वायत्त प्रदेशमा तिब्बती बाहेक, हान, ह्वै, मन पा, लोपा, नासी, नू, तु लुङ्ग आदि गरी जम्मा दश भन्दा बढी जातिका मानिसहरु युगौंयुगसम्म बसिरहेका छन। साथै त्यहाँ मन पा, लो पा, नासी जातिका मानिसहरुको पनि बसोबास छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||