![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीन यौटा एकीकृत बहुजातीय मुलुक हो र यो संरारमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। यतसको जनसंख्या 1 अरब30 करोड पुगेको छ। चीनमा 56 वटा जातिहरु छन।
चीनमा हान् जाति, मंगोलियाली जाति, व्ही जाति, तिव्वती जाति, युगुर जाति, म्यां जाति, इ जाति, च्वांग जाति, पु इ जाति, कोरियाली जाति, मान् जाति, आदि 56जाति रहेका छन। यसबाहेक चीनमा असंख्य अल्पसंख्यक जातिका मानिसहरुको पनि बसोबास छ जसको जनसंख्या निकै न्यून छ।
चीनमा कूल जनसंख्याको 92 प्रतिशत हान् जातिको जनसंख्याले ओगटेको छ र अल्पसंख्यक जातिहरुको जनसंख्या आठ प्रतिशत जती छ। हान् जाति बाहेकका 55 वटा अल्पसंख्यक जातिको जनसंख्या हान् जातिको भन्दा कम देखिन्छ। त्यसैले चीनको चलन अनुसार तिनीहरुलाई अल्प संख्यक जातिको नाउँ दिइएको हो। ती अल्पसंख्यक जातिहरु मुख्यतः चीनको उत्तर-पश्चिमी, दक्षिण-पश्चिमी र उत्तर-पूर्वी क्षेत्रमा बसोबास गर्दछन।
विकासको क्रम सँगसँगै चीनका विभिन्न जातिहरु क्रमशः हान् जातिको बाहुल्यमा छ्यासमिस भएर बसोबास गरेको स्थिति छ । 55 वटा अल्पसंख्यक जातिमध्ये व्हो जाति र मान जातिले हान् जातिको भाषाको उपयोग गर्नुबाहेक आ-आफ्नै जातीय भाषाको प्रयोग गर्दछन। वितेका धेरै वर्षमा यी 56 वटा अल्पसंख्यक जातिले सँगसँगै मिलेर 96 लाख वर्गकिलोमिटर क्षेत्रफल रहेको चिनियाँ भूमिमा जीवन यापन गरिरहेका छन, सँगसँगै मिलेर चीनको दीर्घकालीन इतिहास र चहकिलो सँस्कृतिको सिर्जना गरिरहेका छन।
चीनमा एक लाखभन्दा कम जनसंख्या भएका अल्पसंख्यक जातिहरुको संख्या बीस छ। तीनीहरु बु लांग जाति, ताजिक जाति, अ छांग जाति, फू मि जाति, अ वन् ख जाति, नु जाति, चिंग जाति, चि नो जाति, त आंग जाति, पाओ आन् जाति, रुसी जाति, यु कू जाति, उज्वेक जाति, मन् बा जाति, अ रुंग छुन् जाति, दु लोंग जाति, तातार जाति, ह च जाति, गाओ शान् जाति र क बा जाति हुन।
लो पा जाति
लो पा जातिका मानिसहरु मुख्यतः तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी क्षेत्रमा पर्ने लो यु क्षेत्रमा बसोबास गर्दछन। लो पा जाति मुख्यतया कृषिमा आधारित जाति हो। यस जातिका मानिसहरु बाँसका विभिन्न सामग्री बनाउन मन पराउँछन। यस जातिका पुरुषहरु उनको पेटसम्म आउने बाहुला नभएको लुगा लगाउँछन् भने महिलाहरु गोलो कलर भएको लुगा तथा घुँडासम्म आउने जामा लगाउँछन र खुट्टा कपडाले बेर्दछन्। उनीहरुको मुख्य खाना मकै हो तर उनीहरु चामल तथा जौ पनि खान्छन।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |