|
|
|
|||||||||
|
||

दु लोंग जाति
दु लोंग जातिको जनसंख्या सात हजार चार सय मात्र छ। तिनीहरु युन् नान् प्रान्तको कोंग शान् दु लोंग जातीय र नु जातीय स्वायत्त जिल्लाको दु लोंग नदी क्षेत्रको उपत्यकामा बस्दछन। तिनीहरु दु लोंग भाषाको प्रयोग गर्छन। तिनीहरुको आफ्नो लिपी छैन। पहिले दु लोंग जातिको सामाजिक बिकास त्यती भएको थिएन। सरल साधनको उपयोग गरी कृषि उत्पादन गर्दथे। सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि दु लोंग जातिको पछौटेपनमा पूरै परिवर्तन आएको छ। दु लोंग जाति परिश्रमी, अतिथि प्रेमी र साथीलाई धेरै महत्व दिने जाति हो। यो जातीका मानिसहरु सधैं नै एउटा घरमा समस्या परेपछि सिंगै गाउँका मान्छेले मद्धत गर्दछन। शिकार गरेका जन्तुको शिकार सहभागी सबैले भाग-बण्डा गरेर लिन्छन। तिनीहरु इमान्दार र विश्वासिला हुन्छन अनि तिनीहरुको नैतिकता उच्च हुन्छ। राति घरको ढोका बन्द गर्दैन, बाटामा खसेका, भनौं भेट्टाएका चीज टिप्दैन यो दु लोंग जातिको परम्परागत नैतिकता हो।

चि नो जाति
चि नो जातिको जनसंख्या बीस हजारभन्दा बढी छ। तिनीहरु मुख्यतः दक्षिण-पश्चिमी चीनको यु नान् प्रान्तको सि स्वांग पान् नाको यौटा पहाडमा बस्दछन। तिनीहरु चि नो भाषाको उपयोग गर्दछन् र तिनीहरुको आफ्नो लिपि छैन। पहिले-पहिले चि नो जातिका मानिसहरु विश्वका सबै जीव-जन्तु चलाख भएको कुरामा विश्वास गर्थे र आफ्ना पूर्खाको पूजा गर्थे। चि नो भनेको आफ्नो जातिको आत्मा हो। चि नो जातिको मूलबारे केही पनि लिखित सामग्री छैन। चि नो जातिका मानिसहरु चु क ल्यांगको सम्मान गर्दछन। उहिलेदेखि चल्दैआएको कथा अनुसार, चु क ल्यांगले नेतृत्व गर्नुभएको दक्षिणी अतिक्रमणकारी फौजका केही सिपाहींहरु फु अर, मो च्यांग र अझ टाढाका ठाउँबाट यहाँ सरेका थिए। नयाँ चीनको स्थापना भएपछि चि नो जातिले सिधै आदिकालदेखि समाजवादी अवधिमा प्रवेश गरेको छ र आफ्नो खेती गर्ने तरीकामा पूरै परिवर्तन ल्याएको छ। चि नो जातिमा हालसम्म डाक्टर, व्यापारी र कृषि सम्बन्धी वैज्ञानिकहरु हुर्किसकेका छन।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||