![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनमा रहेका 55 अल्पसंख्याक् जातिले वौद्ध, ताउ, इस्लाम, क्याथोलिक , र क्रिश्चियन धर्म मान्ने गर्दछन् । त्यसमध्ये
वौद्ध धर्म
चीनमा वौद्ध धर्मको प्रवेश इस्वी सम्बतको प्रथम शताब्दीतिर भएको थियो र चौथो शताब्दीमा चीनमा यसको निकै विस्तार भएको थियो र पछि गएर विस्तारै यसले चीनमा आफ्नो प्रभाव जमाएको थियो। चीनको वौद्ध धर्म तीनवटा भाषा प्रणालीबाट बनेको छ। ती तीनवटा भाषा प्रणाली हुनः हान भाषा प्रणालीको वौद्ध धर्म, तिब्बती भाषा प्रणालीको वौद्ध धर्म र बाली भाषा प्रणालीको वौद्ध धर्म। यी तीनवटा वौद्ध धर्म मान्ने भिक्षुहरुको संख्या जम्मा जम्मी दुइ लाख पुगेको छ। हाल चीनमा खुला गरिएका वौद्ध मन्दिरहरुको संख्या तेह्र हजार छ। त्यसैगरी वौद्ध धर्मका एकेडमीहरु तेत्तीस र वौद्ध धर्म सम्बन्धी प्रकाशन लगभग पचास किसिमका रहेका छन्।
तिब्बती वौद्ध धर्म चीनको वौद्ध धर्मको एक भाग हो। त्यसको मुख्य प्रभाव तिब्बत स्वायत्त प्रदेश, छिङ्ग हाई प्रान्त क्षेत्रमा देखा परेको छ। तिब्बती, मंगोलियाली, यु कु जाति, लो पा जाति, थु जातिका मानिसहरुमध्ये धेरैजसौ तिब्बती वौद्ध धर्म मान्दछन्। तिब्बती वौद्ध धर्मावालम्बीहरुको संख्या सत्तरी लाख भन्दा बढी छ।
बाली वौद्ध धर्म मुख्यतः दक्षिण-पश्चिमी चीनको युन नान प्रान्तको सि स्याङ पान नान ताइ प्रिफेक्चर, त हुँ ताइ जाति प्रिफेक्चर, स् माऊ आदि क्षेत्रका मानिसहरुमा लोकप्रिय छ। ताइ, पु लाङ्ग, आ छाङ्ग, वा जातिका धेरैजसो धर्मावलम्बीहरु बाली वौद्ध धर्म मान्दछन्। हालसम्म यस धर्म मान्नेहरुको संख्या दश लाख भन्दा बढी छ।
हान वौद्ध धर्म मान्नेहरु मुख्यतः हान जातिका मानिसहरु हुन्। उनीहरु चीनका विभिन्न क्षेत्रमा छरिएर रहेका छन्।
ताउ धर्म
ताउ धर्मको उत्पत्ति चीनमै भएको हो। दोस्रो शताब्दीमा देखापरेको यस धर्मको इतिहास एक हजार आठ सय वर्ष पूरानो छ। चीनको प्राचीन ताउ धर्ममा प्रकृतिक तथा आफ्ना पूर्खाहरुको पूजा-आजा गरिन्छ। ताउ धर्मको इतिहासमा धेरै किसिमका मार्गहरु देखा परेका थिए। तीमध्ये दुइवटा मार्ग— "छ्वान चन ताउ" तथा "चन यी ताउ"ले विस्तारै-विस्तारै हान जातिमा प्रभाव पारेको देखिन्छ। ताउ धर्मावलम्बी बन्नका लागि कुनै नियम वा विधि पुर्याउनु नपर्ने भएकाले ताउ धर्मावलम्बीहरुको संख्या यत्ति छ भन्न गाह्रो छ। चीनमा ताउ धर्मका मन्दिरहरुको संख्या एक हजार पाँच सय छ। ताउ धर्म मान्ने भिक्षु-भिक्षुणीहरुको संख्या पच्चीस हजार भन्दा बढी छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |